कम्प्युटर एसोसिएशन अफ नेपाल कैलालीको पृष्ठभूमी

आजको समय भनेको सूचना तथा सञ्चार र प्रविधिको हो । हरेक मानिस यसबाट अलग रहन सक्ने अवस्था छैन र सबैलाई सूचना तथा सञ्चारको प्रविधीले प्रभावीत पारीरहेको छ । व्यापार व्यवसाय, स्वास्थ्य, खेलकुद, मनोरन्जन, शिक्षा आदी जस्ता समाजका हरेक विषयवस्तुसँग सम्वन्ध रहेको यो सूचना प्रविधीको विकासले पूरै विश्वलाई आफ्नो टेवलमा राख्न सफल भएको छ । यस प्रवीधीलाई अङ्गाल्न नसक्ने मानीस लगभग अपाङ्ग जस्तो महसुुस गर्नुपर्ने अवस्थाको सृजना भएको छ ।

त्यसैले यसै सूचना तथा सञ्चार प्रविधीसँंग सम्बन्धीत व्यापार, व्यवसाय, कलेज एंव शिक्षण संस्था, प्रशिक्षण केन्द्र आदीको स्थापना भएको छ । यसै विषयसँग आवद्ध एंव संलग्न व्यक्ति, संस्थाहरुको एउटा छाता सङ्गठन भनेको नै कम्प्यूटर एसोसीएन अफ नेपाल हो । यस संस्थाको स्थापना वि.सं. २०४९ सालमा भएको हो र यस संस्थाले धेरै जिल्लामा शाखाको रुपमा पनि विस्तार गरेको छ । यस कैलाली जिल्लामा सूचना तथा प्रविधिका विषयसँग संलग्न व्यक्ति तथा संस्थाहरुको सहयोगमा वि.सं. २०६० सालमा कम्प्यूटर एसोसीएसन अफ नेपाल कैलालीको स्थापना भयो । जिल्ला प्रशासन कार्यालय कैलालीमा विधिवत रुपमा दर्ता पनि गरियो ।

कम्प्यूटर व्यवसायी एंव सूचना तथा सञ्चार प्रविधीको साधनहरुको विक्री एवं वितरण गर्ने व्यवसायी, प्रशिक्षण केन्द्र, सफ्टवेयर निर्माणकर्ता, साइवर ब्यवसायी लगायत प्रत्यक्ष र अप्रत्यक्ष तरीकाबाट संलग्न हुनेहरुको भलाई, उन्नोत्तर विकास, एक अर्कामा परिचय र भाईचाराको सम्वन्धको विकास, सामूहिक कृयाकलापको विकासबाट नै आमसमूदायमा यस संस्थालाई चीनाउँदै अगाडी बढ्ने कार्य गर्नका लागि यस संस्थाको स्थापना गरिएको हो ।

News

More

Upcoming Events

No events found More